इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ

नेपालखोज २०८० साउन १२ गते १६:३५

एजेन्सी – इंग्ल्यान्डले फिफा महिला विश्वकप फुटबलमा लगातार दोस्रो जित दर्ता गर्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

इंग्ल्यान्डले डेनमार्कलाई १–० ले पराजित गर्दै समुहमा लगातार दोस्रो जित निकालेर नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको हो । इंग्ल्यान्डको जितमा पहिलो हाफमा लौरेन जेम्सले गरेको गोल नै निर्णायक बन्यो ।

सिड्डी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा शुक्रबार भएको खेलमा लौरेनले खेलको छैटौं मिनेटमा रचेल डालीको पासमा गोल गर्न सफल भएकी थिइन् । पहिलोपल्ट विश्वकप खेलिरहेकी उनले दर्शनीय गोल गर्न सफल भएकी हुन् ।

एक गोलको अग्रता लिएको इंग्ल्यान्डले त्यसपछि पनि बल पोसेसन राख्दै दवाव बढाएपनि डेनमार्कको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा पहिलो हाफको गोल नै ३ अंक जोड्नलाई पर्याप्त बन्यो ।

यस जितसँगै समूह ‘डी’ मा इंग्ल्यान्डको २ खेलबाट ६ अंक पुगेको छ । पराजित डेनमार्क २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा छ । इंग्ल्यान्डलाई अब नकआउट चरणमा पुग्न हाइटी र चीनले बराबरी खेले पर्याप्त हुनेछ ।

प्रतिक्रिया