राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण
नेपालखोज
२०८० साउन १२ गते १७:०६

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ प्रमाणीकरण गरेका छन् ।
उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम सो विधेयक आज प्रमाणीकरण गरेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया