स्तनपानबाट शिशु र आमालाई हुने फाइदा
नेपालखोज
२०८० साउन १३ गते १०:५८

शिशुमा हुने फाइदा
- शिशुको मृत्यु हुने जोखिम न्यून हुन्छ।
- स्तनपान गर्न पाएका शिशुमा रोगबाट प्रतिरक्षा शक्ति उच्च हुन्छ ।
- बिरामी परेमा अरूलाई भन्दा छिटो निको हुन्छ ।
- बालबालिकामा संवेग व्यवस्थापन वा सन्तुलन गर्ने क्षमतामा उच्च हुन्छ र मानसिक समस्यामा कमी हुन्छ ।
- बौद्धिक परीक्षणमा उच्च क्षमता देखिएको छ ।
- विद्यालयको सिकाइ दर उच्च हुन्छ ।
- भविष्यमा मुटुरोग, मधुमेह, क्यान्सर, दमजस्ता रोगहरू कम मात्रामा हुन्छ । साथै दाँतसम्बन्धी समस्याहरू हुने सम्भावना कम हुन्छ ।
आमामा हुने फाइदाहरू
- स्तनपान गराउने आमाहरूमा पाठेघरको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
- स्तन क्यान्सर हुने सम्भावना कम हुन्छ ।
- आमालाई आराम र आनन्द महसुस हुन्छ जसले मानसिक तनाव हुँदैन ।
- आफ्नो र शिशुको सकारात्मक सम्बन्ध भएकोमा सन्तुष्टि हुन्छ ।
युनिसेफ नेपाल
सम्बन्धित
प्रतिक्रिया