माओवादी पदाधिकारी बैठक : पार्टी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने प्रतिवेदनबारे छलफल
नेपालखोज
२०८० साउन १३ गते २०:१३

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को उपलब्ध पदाधिकारीहरूको बैठक शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकमा सो बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनमाथि छलफल थालिएको हो ।
संगठन विभाग र उपाध्यक्षहरूले तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु गरिएको जनाइएकाे छ । त्यसलाई निष्कर्षमा पुर्याउनका लागि आइतबार (भोलि) पनि पदाधिकारी बैठक बोलाइएको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया