बुधबार, वैशाख १९, २०८१

एप्पल जुत्ताको मूल्य ६५ लाख रुपैयाँ

नेपालखोज २०८० साउन १४ गते १३:३१

काठमाडौं । टेक कम्पनी एप्पलको करिब ३० वर्ष पुरानो जुत्ता करिब ६५ लाख रुपैयाँ अर्थात् ५० हजार डलरमा बिक्री भएको छ। एक खरिदकर्ताले खरिद गरेका छन्।

इकमर्स वेबसाइट सोथेबीमा कम्पनीले लिलामीका लागि एक जोडी एप्पल जुत्ताको  मूल्य करिब ६५ लाख रुपैयाँ अर्थात् ५० हजार डलर राखेको थियो।

कम्पनीले सन् १९९० को दशकमा यो जुत्ता कम्पनीले विशेषगरी नेसनल सेल्स कन्फ्रेन्सका लागि डिजाइन गराई कर्मचारीलाई विशेष उपहारका रुपमा दिएको थियो। जुत्ता बनाउन एप्पलले ओमेगा स्पोर्ट्ससँग साझेदारी (पार्टनरसिप) गरेको थियो। यसकै कारण जुत्ताको मूल्य यति धेरै लगाइएको बताइएको छ।

खरिकर्ताले अनलाइन बोलकबोल गरेका थिए

खरिदकर्ताले यो जुत्ताका लागि अनलाइन बोलकबोल गरेका थिए। दुर्लभ भएकाले निकै कम मात्रै संग्रहकर्ता (कलेक्टर्स) ले आफ्नो एप्पलको हिस्सा बनाउन पाउने कम्पनीले बताएको थियो। यसअघि कम्पनीले एप्पल अंकित जुत्ता बजारमा उपलब्ध गराएको थिएन।

जुत्ताको विशेषता

सोथेबीका अनुसार जुत्ताको माथिल्लो भागमा सेतो रङको पट्टी र अगाडि–पछाडि दुवैतर्फ एप्पलको आइकनिक रेन्बो लोगोले जुत्तालाई विशेष र फरक बनाएको छ। स्निकर्सको यो स्पेसल जोडी खुद्रा बजारको सर्वाधिक आकर्षण र माग गर्नेमध्येको एक चिज बनेको छ।

५७ लाखमा फोरजिभी एप्पल आइफोन

एप्पलले समय समयमा विभिन्न ठूला लिलामी गर्ने गर्छ। हालसालै कम्पनीले फोरजिभी आइफोन १.९० लाख डलरमा लिलामी गरेको थियो। एप्पलको उक्त फोन कहिल्यै देदाइएको थिएन। विशेष चिज भएकाले खरिदकर्ताले जुनसुकै मूल्य चुकाउन तयार भएका थिए।

एप्पलको ‘डिएनए’ मा ‘थिंक डिफरेन्ट’

एप्पलले कहिल्यै बजारमा उपलब्ध उत्पादन (प्रडक्ट) सँग प्रतिस्पर्धा गर्दैन। बरु आफैं फरक प्रडक्ट ल्याउँछ। ती प्रडक्टमा एमपी–थ्री प्लेयर, ट्याबलेट, स्मार्टफोन, इयरपड, घडी र कम्प्युटर पर्छन्।

अन्य कम्पनीले झैं एप्पलमा निर्णय लिन भिन्दाभिन्दै कमिटी पनि हुँदैनन्। एप्पलमा एउटा केन्द्रीय कार्यकारी समितिले काम गर्छ। उक्त समितिले प्रडक्टको डिजाइन र त्यसलाई तयार गर्न सँगसँगै काम गर्छ। यो नै समितिको अन्तिम निर्णय बन्छ।

हार्डवेयर, अपरेटिङ सिस्टम र एप्लिकेसन्स एप्पलको आफ्नै हुन्छ। र यसको विशेषता भनेका डिजाइन हो। डिजाइनले नै एप्पललाई अरूभन्दा फरक र विशेष देखाउँछ। -INS

प्रतिक्रिया