संसद्को अवरोध खुलाउन सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौं । संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।कार्यव्यवस्था समितिको बैठक मध्याह्न १२ बजे बोलाइएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
‘सदनको अवरोध खुलाउन सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका छन्,’ उनले भने, ‘सदन अवरूद्ध हुँदा जनताको आवाज अवरूद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराए ।’
सभामुखले सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराएको घिमिरेको भनाइ छ । सुन काण्डबारे जाँचबुझ गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरूद्ध गर्दै आएको छ ।
प्रमुख प्रतिपक्षीको अवरोधका कारण साउन १० गतेदेखि सदन चल्न सकेको छैन । आज पनि एमालेले अवरोधको तयारी गरिरहँदा सदन सञ्चालन गर्न सभामुखले तदारूकता देखाएका हुन् ।

प्रतिक्रिया