संसारका शीर्ष १० शिखर

नेपालखोज २०८० साउन १६ गते १३:३८

काठमाडाैं । सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो । उचाइको हिसाबले संसारका शीर्ष १० शिखर हिमालयको विशाल दायरामा छन् ।

१. सगरमाथा

नेपालको सगरमाथा चुचुरो विश्वको सबैभन्दा अग्लो चुचुरो हो । सन् १९५५ मा सर्वेक्षण गरी यसको उँचाइ ८ हजार ८ सय ४८ मिटर बताएको थियो । ब्रिटिश सर्वेक्षक सर जर्ज एभरेष्टको सम्मानमा यो चुचुरोलाई एभरेष्ट नाम समेत दिइएको छ ।

२ . के टु

पाकिस्तान प्रशासित कश्मीरमा अवस्थित के टु संसारको दोस्रो अग्लो चुचुरो हो । यो हिमाल ८,६११ मिटर अग्लो छ।

३. कञ्चनजङ्घा

भारतको सिक्किम र नेपालको बीचमा रहेको कञ्चनजङ्घा उचाइको हिसाबले तेस्रो नम्बरमा छ। कञ्चनजङ्घाको उचाइ ८,५८६ मिटर छ।

४. ल्होत्से

नेपाल र तिब्बतको सिमानामा रहेको ल्होत्से चुचुरो ८ हजार ५१६ मिटर अग्लो छ । कञ्चनजङ्घा जस्तै यो पनि सगरमाथाको छिमेकी चुचुरो हो ।

५. मकालु

मकालु चुचुरो सगरमाथा भन्दा १९ किलोमिटर टाढा छ । ८,४८५ मिटर अग्लो यो चुचुरो नेपाल र चीनको सिमानामा छ ।

६. चोयु

८ हजार २०१ मिटर अग्लो चोयु पनि नेपाल र चीनको सीमामा छ ।

७ . धौलागिरी

सधैँ सेतो हिउँ चम्किने धौलागिरी चुचुरो पनि नेपालमै छ । ८,१६७ मिटर अग्लो यो चुचुरोको आरोहण निकै कठिन मानिन्छ ।

८ . मनास्लु

८,१६३ मिटर अग्लो मनास्लु हिमाल नेपालमा छ । यो चुचुरोमा सन् १९५६ मा पहिलो पटक मानव पाइला परेको थियो ।

९ . नागा पर्वत

पाकिस्तान प्रशासित कश्मीरको गिलगिट बाल्टिस्तानस्थित यो पहाड ८ हजार १२६ मिटर अग्लो छ। नागा पर्वतको आरोहण सबैभन्दा कठिन मानिन्छ । यसलाई किलर माउन्टेन पनि भनिन्छ।

१० . अन्नपूर्ण

८,०९१ मिटर अग्लो अन्नपूर्ण चुचुरो उत्तर मध्य नेपालमा छ । सगरमाथा आरोहीहरू प्रायः अन्नपूर्णमा अभ्यास गर्छन्।

प्रतिक्रिया