‘पाइलटलाई सन्तुष्ट बनाएर मात्र जहाज उडान गराउनु’
नेपालखोज
२०८० साउन १६ गते १७:३३

काठमाडौ । अबदेखि एयरलाइन्सहरूले पाइलटलाई सन्तुष्ट बनाएर मात्र जहाज उडान गराउनुपर्ने भएको छ । साउन १२ गते उड्डयन सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरको संयोजकमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
अहिलेसम्म भएका अधिकांश हवाई दुर्घटनामा पाइलटलाई दोषी देखाइँदै आएको छ । सो अवस्थाको अन्त्य गर्न पनि प्लेन उडाउनुअघि पाइलटको अवस्थाबारे ध्यान दिन खोजिएको नागरिक उड्डयन प्राधिकरण स्रोतले बतायो ।
मनसुनका समयमा हवाई उडान सर्तकता अपनाउनेबारे विभिन्न विषयमा भएको छलफलमा प्राधिकरणको १४ गते गरेको निर्णय कार्यान्वयन चरणमा लगिएको हो । सो बैठकले ५ वटा निर्णय गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया