टि २० विश्वकप- २०२४ अर्को वर्ष क्यारेबियन मुलुक र अमेरिकामा

नेपालखोज २०८० साउन १६ गते १७:३९

काठमाडाैं । नेपालले टी–२० विश्वकप खेल्न पाउने हो कि होइन टुंगो लागिसकेको छैन । यसका लागि नेपालले एशियाली छनोट नै पार गर्न बाँकी छ जुन यसपटक नेपाल मै हुँदैछ । उता टी–२० विश्वकप – २०२४ जुन ४ देखि ३० सम्म सुरु हुने सम्भावना ब्यक्त गरिदैछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले संयुक्त राज्य अमेरिकामा पहिलो पटक अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने केही सर्टलिस्ट गरिएका स्थानहरूको निरीक्षण गरेको छ, जसमा लाउडरहिल, फ्लोरिडा आदिले पहिले नै अन्तर्राष्ट्रिय खेल आयोजना गरिसकेका छन । वार्मअपका लागि मोरिसभिल, डलास तथा न्यूयोर्क छनोट भएका छन् ।

मोरिसभिल र डलासले मेजर लिग क्रिकेटको उदघाटन संस्करण आयोजना गर्दैछन्। डलास (ग्रान्ड प्रेरी स्टेडियम), मोरिसभिल (चर्च स्ट्रिट पार्क) र न्यूयोर्क (ब्रोन्क्समा भ्यान कोर्टल्याण्ड पार्क) का मैदानहरूले अझै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सकेका छैनन्, जुन आईसीसी नियम अनुसार अनिवार्य छ। आईसीसीले क्रिकेट वेस्ट इन्डिज (CWI) तथा अमेरिकि क्रिकेट काउन्सिल (USAC) सँगको सहकार्यमा आगामी केही महिनामा स्थानहरूका बारेमा अन्तिम निर्णय गर्ने सम्भावना छ।

टी–२० विश्वकप- २०२४ का लागि आयरल्यान्ड, स्कटल्याण्ड र पपुवा न्युगिनी यसै साता छनोट भएका छन् । पपुवा न्युगिनी पूर्वी एसिया प्यासिफिक क्वालिफायरमा शीर्ष दुई स्थानमा रहँदा आयरल्यान्ड र स्कटल्याण्डले युरोप जोन क्वालिफायरमा शीर्ष दुई स्थान बनाएका थिए। अमेरिका (एक स्थान), अफ्रिका (दुई स्थान) र एसिया (दुई स्थान) क्षेत्रका छनोटको नतिजा आगामी महिनाहरूमा आउनेछन्।

टि २० को यो विश्वकप फरक हुनेछ

२०२४ को टि २० विश्वकपको ढाँचा अघिल्लो दुई संस्करण (२०२०-२१ युएई र २०२२ अष्ट्रेलियामा) भन्दा फरक हुनेछ जहाँ पहिलो राउन्ड पछि सुपर-१२ आयोजना गरिएको थियो अर्को वर्ष २० वटा देसलाई पहिलो राउन्डका लागि प्रत्येक पाँच देसको चार वटा समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट दुई वटा देस सुपर- ८ मा छनोट हुनेछन् । सुपर ८ लाई चार–चार देसकोको दुई समूहमा विभाजन गरी प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया