संवैधानिक परिषद् बैठक निष्कर्षविहीन
नेपालखोज
२०८० साउन १६ गते १८:०९

काठमाडौं । संवैधानिक परिषद् बैठकको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो ।
अर्को बैठक साउन १८ गते ५ बजे बस्ने राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए । आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने उनले बताए ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिनमात्रै बाँकी रहेको छ । उनको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।
हाल विश्वम्भर प्रसाद श्रेष्ठ वरिष्ठतम न्यायाधीश रहेका छन् । श्रेष्ठ, खतिवडा, भट्टराई, सिन्हा, राउत र प्रधान २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया