कांग्रेसको निष्कर्ष : टीआरसी विधेयक छिटो पारित गर्नुपर्ने

नेपालखोज २०८० साउन १६ गते १९:३३

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक (टीआरसी विधेयक) चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउन उक्त ऐन चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस नेता मीन विश्वकर्माले बताए ।

‘कहाँ कहाँ अफ्ठ्यारा विषय छन्, त्यसलाई कसरी सहज बनाउने र सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनलाई छिटो भन्दा छिटो पारित गराउने र अरु सम्बन्धित पक्षसँग कसरी सहमति जुटाउने भन्ने बारेमा छलफल भएको हो’, उनले भने ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐन हाल प्रतितिनिधिसभामा विचाराधीन छ । उक्त विधेयकको विवादित विषयमाथि हाल एक उपसमितिमा छलफल भइरहेको छ ।

प्रतिक्रिया