फिफा महिला विश्वकप : मोरोक्को अगाडि, जर्मनीलाई चोट

नेपालखोज २०८० साउन १८ गते १८:५०

काठमाडाैं । मोरोक्को फिफा महिला विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो सहभागितामा नै मोरोक्को अन्तिम १६ को यात्रा तय गर्न सफल भएको हो ।

समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा शीर्षस्थानको कोलम्वियालाई १–० ले पराजित गर्दै तथा अर्काे खेलमा आँफू अनुकुलको नतिजा निस्किएपछि मोरोक्को समूह ‘एच’को उपविजेता बनेको हो ।

त्यस्तै उपाधि दावेदार तथा दुई पल्टकाे च्याम्पियन जर्मनी फिफा महिला विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग बराबरीमा रोकिएपछि तथा अर्काे खेलमा कोलम्वियाले हार बेहोरेपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो ।

प्रतिक्रिया