कोरोना भाइरसपछि फेरि क्यान्डिडा ओरिसको डर

काठमाडाैं । कोरोना भाइरसपछि अहिले अर्को एउटा रोगले मानिसहरुमा त्रासको वातावरण सिर्जना गरेको छ । यो रोगको खतरा विश्वभर नै देखिएको छ र यो अत्यन्तै खतरनाक छ । सन् २०१६ मा न्युयोर्कका अस्पतालहरूमा अचानक यस्तो रोगका बिरामी देखिन थालेको बताइएको छ । यस्ता लक्षण पहिले कहिल्यै देखिएका थिएनन् । यो रोगको नाम क्यान्डिडा ओरिस (Candida auris ) हो । विज्ञहरूले फेरि एकपटक फंगल संक्रमणका कारण हुने यो रोगमाथि नजर राखिरहेका छन् । यसलाई फैलिनबाट रोक्न थुप्रै उपाय र स्वास्थ्य सतर्कताहरू जारी गरिएको छ ।
गत वर्ष अमेरिकाको नेभाडा तथा क्यालिफोर्नियामा क्यान्डिडा ओरिसका बिरामीहरु भेटिएका थिए । यस क्रममा अमेरिकाका २९ वटा राज्यमा यो फङ्गसको उपस्थिति देखिएको थियो जसमा सबैभन्दा बढि बिमारी न्यूयोर्कमा थिए ।
जलवायु परिवर्तनका कारण संक्रमण बढ्दै गएको वैज्ञानिकहरुको अनुमान छ । यो फङ्गल संक्रमण १४ वर्षअघि मानिसमा अचानक देखा परेको थियो । यो रोग तीनवटा महादेशमा फैलिएको पाइन्छ। यसका सबैभन्दा धेरै केस भेनेजुएला, भारत तथा दक्षिण अफ्रिकामा फेला परेका थिए ।
फंगस संक्रमणसँग सम्बन्धित विज्ञहरूका अनुसार विभिन्न महादेशमा यसको उपस्थिति चिन्ताजनक छ। किनभने ती तीनवटै महादेशको हावापानी एकअर्काभन्दा बिल्कुल फरक छ ।
क्यान्डिडा ओरिस नामको यो रोगका सम्बन्धमा अनुसन्धानकर्ताहरु धेरै वर्षदेखि अनुसन्धानमा जुटेका छन् । सन् २०१३ मा अमेरिकामा यसको संक्रमण देखिएको थियो । त्यस पछि देखि यसलाई क्यान्डिडा ओरिस नाम दिइएको हो । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार सन् २०२१ सम्ममा न्यूयोर्कमा यसका सबैभन्दा धेरै बिरामी फेला परेका छन् । योसँगै अन्य क्षेत्रमा पनि यसको संक्रमण फैलिएको थियो ।
रक्त संचार र स्वासमा संक्रमण
क्यान्डिडा ओरिस खतरनाक रोगहरु मध्ये एक हो । यसबाट सङ्क्रमित भएपछि ३० देखि ६० प्रतिशत बिरामीको ज्यान जान सक्छ । यो रोगमा रक्तसञ्चार र श्वासप्रश्वासमा संक्रमण हुन सक्छ । यसमा घाउमा पनि संक्रमण हुन सक्छ । पहिले नै कुनै न कुनै गम्भीर रोगबाट ग्रसित भएका मानिसहरूलाई सङ्क्रमण हुने सम्भावना बढी हुन्छ।
प्रतिक्रिया