सोमबार, असार ९, २०८२

नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

नेपालखोज २०८० साउन २१ गते ७:४७

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

शनिबारको छलफलमा सरकारको गतिविधि, समाजवादी पार्टीको भूमिका र समाजवादी मोर्चाबारे सदस्यहरूले धारणा राखेको स्थायी कमिटी सदस्य तुलबहादुर गुरूङले जानकारी दिए । त्यस्तै महाधिवेशनबारे पनि छलफल भएको उनले बताए ।

प्रतिक्रिया