फ्रेन्डशिप डेमा आफ्नो पुरानो साथीलाई संम्झौं

मित्रताले हाम्रो जीवनको कठिन भन्दा कठिन यात्रा पनि सहज बनाउन सक्छ । यसले हाम्रो जीवनमा रंग र सहास भर्ने कार्य गर्न सक्छ। मित्रताको विशेष कुरा के हो भने यसमा कुनै सीमा र प्रतिबन्ध हुँदैन ।
दुई व्यक्ति एक अर्काका अगाडि खुला र पूर्ण रूपमा वास्तविक हुन्छन् । त्यसैले, जब कुनै व्यक्तिको मुड खराब हुन्छ उसले सबैभन्दा पहिले आफ्नो साथीलाई फोन गर्छ र आफ्ना कुरा सेयर गर्छ।
मुस्किल समयमा कतिपय अवस्थामा आमाबाबु – दाजुभाइको सट्टा मानिसहरूले आफ्ना साथीहरूलाई पहिले याद गर्छन्। यी सबै कुरा विचार गर्दा साथी हाम्रा लागि किन आवश्यक छन बुझ्नसकिन्छ । यदि आफ्ना कुनै साथी आफू सँग रुस्ट छन भने आज फ्रेन्डशिप डे कै दिन उनलाई फकाउनुहोस । रिसाएको मित्रलाई मनाउने उपाय :
फोन गर्नु
यदि आफ्नो साथीलाई आफूबाट कुनै चोट पुगेको छ वा तपाइँहरु कुनै समयमा राम्रो साथी हुनुहुन्थ्यो भने उनको नम्बर पत्ता लगाउनुहोस्। उनीहरूलाई सोशल मिडियामा पनि खोज्नुहोस् र त्यसपछि आफ्नो साथीलाई कल वा टेक्स्ट गर्नुहोस्।
उनि सँग माफी माग्न हिचकिचाउनु हुँदैन र सबै कुरा बिर्सिएर फेरि सँगै रहन आग्र!गर्नुपर्छ । आफ्नो साथीलाई एक पटक फेरि मौका दिन पनि अनुरोध गर्न सकिन्छ ।
रेडियोमा गीत समर्पित गर्ने
रेडियोमा यस्ता धरै कार्यक्रमहरू छन् जुन साथीहरूका लागि समर्पित हुन सक्छन । यस्तो अवस्थामा आफ्नो साथीका लागि सन्देश र गीत पनि समर्पित गर्न सकिन्छ। विशेष गरी फोन शोमा साथीको नम्बर दिएर यो काम गर्नु उपयुक्त हुन्छ । यसबाट साथी जहाँ भए पनि खुशी हुनेछन ।
अचानक घरमा पुग्नु
यदि साथी आफू सँग सहमत छैन र तपाइँहरु बीच जे भयो त्यसलाई बिर्सन सक्दैन भने ढिला नगर्नुहोस् । आफ्नो साथीको घरमा पुग्नुहोस् । तपाईंको साथीले स्वचालित रूपमा के महसुस गर्नेछ भने तँपाइ अझै पनि उसका लागि महत्त्वपूर्ण हुनुहुन्छ ।
पुरानो अखडामा भेट्न बोलाउने
पुराना ठाउँहरू भनेको तपाईंहरुले सँगै ह्याङ्गआउट गरेको ठाउँ हो । आजको दिन आफ्ना पुराना साथीहरूलाई कल गरि तिनै अखडामा भेट्न सकिन्छ ।
उपहार तथा म्यासेज पठाउने
यदि साथी टाढा बस्छ भने उसको परिवारका सदस्यहरू मार्फत उ सँग सम्पर्क राख्न सकिन्छ । यो काममा अरु साथीहरुको पनि सहयोग लिन सकिन्छ । साथिलाइ उसको कार्यालयमा हस्तलिखित चिठी र साथमा उपहार पठाउन सकिन्छ ।

प्रतिक्रिया