जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
नेपालखोज
२०८० साउन २१ गते १४:०६

चितवन । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इच्छाकामना गाउँपालिका–३ बस्ने ४५ वर्षीय मेघ बहादुर चेपाङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
चेपाङले ती बालिकालाई साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका–३ डुसा सामुदायिक बनमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी फिस्लिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया