मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ थप गरिएको संशोधन प्रति शान्ति समाजको विरोध प्रदर्शन

मानवअधिकार तथा शान्ति समाजले मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ थप गरिएको संशोधन प्रति शान्तिपूर्ण विरोध प्रदर्शन तथा धर्ना गरेको छ । उक्त विरोध प्रदर्शनको आयोजना शान्ति समाज काठमाडौंले गरेको थियो ।
संसदमा प्रस्तुत मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ को दफा ११६ ‘ क’ मा थप गरिएको संशोधन विधेयकमा केही मानव अधिकार विरोधी प्रावधान रहेकाले त्यसको विरुद्धमा मानव अधिकार तथा शान्ति समाज काठमण्डौं शाखाले आयोजना गरिएको धर्ना तथा विरोध प्रदर्शन बौद्धमा गेटमा गरिएको मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाका सभापति भगवान पुडासैनीले जानकारी दिए ।
शाखा सभापति भगवान पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ७० जना भन्दा ज्यादा व्यक्तिहरूको सहभागिता रहेको थियो । शान्तिपूर्ण विरोध प्रदर्शनमा समाजिक अभियन्ताहरुले विरोधका प्ले कार्डहरु बोकेका थिए ।
कार्यक्रममा संशोधन विधेयकका सन्दर्भमा शान्ति समाजको अवधारणा बारे केन्द्रिय सभापति रामकृष्ण बरालले धारणा राख्दै उत्त संशोधन विधेयक अविलम्ब फिर्ता लिन आग्रह गरेका थिए । कार्यक्रमको संचालन जिल्ला सचिव सार्जन चापागाईले गरेका थिए ।

प्रतिक्रिया