नेपालखोजमा दिनभरकाे खबर सारांश !

नेपालखोज २०८० साउन २१ गते २२:०४

 सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा शीर्ष दलका नेताहरूसँग छलफल गर्ने ।

नेकपा (माओवादी केन्द्र)ले पार्टीलाई जनतासँग जोड्नका लागि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने ।

नागढुङ्गा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को सोमबार ‘ब्रेक थ्रू’ हुने ।

ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्बाट निर्णय गर्ने र निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्षरूपमा संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतकाे आदेश ।

सुन तस्करी प्रकरणबारे थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिइयाे ।

 अफगानिस्तानमा सत्तामा रहेको तालिबानले एकपछि अर्को क्रूर आदेश जारी गरेर जनताको जीवन कष्टकर बनाउँदै लग्याे ।

साविक विजेता तथा कीर्तिमानी चारपल्टको च्याम्पियन अमेरिकालाई सडनडेथमा स्तब्ध पार्दै स्वीडेन फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश ।

साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट ।

 दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशियाे ।

प्रतिक्रिया