५५ वटा विश्व सम्पदा क्षेत्र जोखिममा

नेपालखोज २०८० साउन २२ गते ५:३०

काठमाडौं । संयुक्त राष्ट्रसंघले ५५ वटा ऐतिहासिक सम्पदा क्षेत्र जोखिममा परेको घोषणा गरेको छ । यसमा केही प्रसिद्ध ठाउँहरू खतरामा छन्।

भेनिसको सम्पदा खतरामा

भेनिसलाई संयुक्त राष्ट्रसंघले लोपोन्मुख सम्पदा क्षेत्रको सूचीमा राखेकोमा इटाली निकै चिन्तित छ । यो ऐतिहासिक सहरलाई जलवायु परिवर्तनबाट जोगाउन अनेकौं कदम चालिए पनि समितिले त्यसमा ध्यान नदिएको इटालीयन अधिकारीहरू बताउँछन् ।

युक्रेनको ओडेसा

सूचीमा परेका ५५ ऐतिहासिक सम्पदा स्थलमध्ये धेरैजसो यस्ता सम्पदा छन् जहाँ कुनै न कुनै युद्ध चलिरहेको छ । उदाहरणका लागि, युक्रेनी शहर ओडेसाको ऐतिहासिक केन्द्र जुन भारी रूसी गोलाबारीको सिकार भएको छ ।

सना को मध्य भाग

यमनको ऐतिहासिक सहर सना पनि त्यस्तो ऐतिहासिक सम्पदा हो जुन अहिले खतरामा परेको छ। सिरिया विगत केही वर्षदेखि गृहयुद्धमा फसेको छ ।

बामियान

अफगानिस्तानको बामियानका बाँकी भग्नावशेषहरू र जामका मीनारहरू पनि युद्धको सिकार भएका छन्। यद्यपि हालै तालिवानले बामियानको हेरचाह गर्ने बताएको छ ।

पुरानो शहर जेरुसेलम

इजरायलको ७ औं शताब्दीको शहर जेरुसेलम धार्मिक मात्र होइन ऐतिहासिक रूपमा पनि महत्त्वपूर्ण सम्पदा हो जुन १९८२ मा विश्व सम्पदामा समावेश भएको थियो । अहिले यो सम्पदा पनि खतरामा परेको छ ।

समारा , इराक

इराकको समरा सहरको ऐतिहासिक केन्द्रले भयानक युद्धको सामना गरेको छ। अहिले त्यहाँ पुननिर्माणका लागि पहल भैरहे पनि जोखिम न्यूनीकरणका लागि यो प्रयास पर्याप्त छैन् ।

बोलिभियाको पाटोसी

बोलिभियाको पाटोसी कुनै समय विश्वको सबैभन्दा ठूलो औद्योगिक केन्द्र थियो। १६ औं शताब्दीमा स्थापना भएको यो सहर सारा विश्वका लागि ऐतिहासिक सम्पदा हो जुन अहिले विनाशको खतरामा छ ।

भियना सिटी सेन्टर

अस्ट्रियाको राजधानी भियनाको ऐतिहासिक सहर भियनाको केन्द्र पनि खतरामा छ ।

खतरामा परेका ५५ वटा सम्पदा स्थल मध्ये केहीलाई अब विश्व सम्पदाको दर्जाबाट हटाइनेछ। यसको निर्णय सेप्टेम्बरमा हुने बताइएको छ।

प्रतिक्रिया