प्रतिनिधिसभाको अवरोध हटाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्ने
नेपालखोज
२०८० साउन २३ गते ६:५३

काठमाडौं । प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान १० बजे बालुवाटारमा बस्ने छ ।
सुन प्रकरणमा छानबिन समिति बनाउने विषयमा हिजो सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षमा पुग्न नसके पछि थप छलफलका लागि आज पुनः बैठक बस्न लागेका हुन् ।
जस अनुसार आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बिहान १० बजे बस्नेछ । प्रतिनिधिसभा बैठक ३ बजे बस्नुअघि प्रमुख दलबीच सहमति जुटाउने प्रयास स्वरुप सो बैठक बोलाइएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देबराज घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उक्त बैठकमा रहने छन् ।
सम्बन्धित

प्रतिक्रिया