राप्रपा नेपाल केन्द्रीय समितिको बैठक भदाै ७ र ८ गते

नेपालखोज २०८० साउन २३ गते ८:४६

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी भदाै ७ र ८ गते हुने भएकाे छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्रसहित जनआन्दोलनको खाका समेत प्रस्तुत गर्ने जनाइएकाे छ ।

बैठकमा अध्यक्ष थापाको राजनीतिक कार्यपत्र तथा आन्दोलनको खाकासहित महामन्त्री भाष्कर भद्राको सचिवालय सबन्धी प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धि प्रतिवेदन, महामन्त्री राजाराम बर्तौलालगायलले संगठन सम्बन्धी प्रतिवेदन पेश गर्ने छन् ।

राप्रपा नेपालसँग एकताको लागि सडक संघर्ष न्युनतम बटमलाइन रहने स्रोतले बताएको छ ।

प्रतिक्रिया