नेपाल सहभागी एशिया कपको समय घोषित

काठमाडाैं । एशिया कप २०२३ अगस्ट ३० मा सुरु हुँदैछ र यसअघि यसको खेल समयका बारेमा कुनै जानकारि दिइएको थिएन । पाकिस्तान र श्रीलंकामा हाइब्रिड मोडलमा हुने यो प्रतियोगिताको प्रसारणकर्ताले सबै खेलको समय एउटै हुने खुलासा गरेको छ । पहिले तीनवटा फरक समयमा खेल सुरु हुने सम्भावना भए पनि अहिले नयाँ समय आएको छ ।
यसपटकको एसिया कप एकदिवसीय ढाँचामा खेलिनेछ । एकदिवसीय विश्वकप यसै वर्षको अक्टोबर-नोभेम्बरमा हुने भएकाले त्यसलाई ध्यानमा राख्दै यस वर्षको एसिया कप पनि ओडीआई फर्म्याटमा खेलाइने भएको हो ।
यसबीच स्टार स्पोर्ट्सले खेलको समय तय गर्दै एसिया कपका सबै १३ खेल श्रीलंकाली समय अनुसार दिउँसो ३ बजे सुरु हुने जनाएको छ । श्रीलंका र नेपालको टाइमजोनमा १५ मिनेटको फरक छ । भात जस्तै एउटै टाइमजोनबाट चल्ने भएकाले भारत सँगको जस्तै नेपालको समय श्रीलंकाको समय भन्दा १५ मिनेट अगाडि छ । यस हिसाबले श्रीलंकामा हुने एसिया कपको खेल नेपाली समय अनुसार ३ : १५ बजे सुरु हुनेछ ।
एसिया कपमा नेपालले आफ्नो पहिलो खेल भदौ १३ गते बुधबार (अगस्ट ३०) मा पाकिस्तान बिरुद्ध खेल्नेछ । यो खेल मुल्तान, पाकिस्तानमा हुनेछ भने नेपालको दोस्रो खेल सेप्टेम्बर ४ मा भारतसँग हुनेछ । भारत सँगको नेपालको खेल श्रीलंकाको क्यान्डीमा हुनेछ ।
एसिया कपमा भारतले ७ पटक उपाधि जितेको छ भने श्रीलंकाले ६ पटक यो उपाधि जितेको छ । एसिया कपमा पाकिस्तानले २ पटक उपाधि हात पारेको छ ।

प्रतिक्रिया