बालबालिकाका लागि घातक हुन्छ मोबाइल

नेपालखोज २०८० साउन २४ गते १५:४७

काठमाडाैं । मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा नकारात्मक असर पार्छ ।

बालबालिकाले आफैँ मोबाइल चलाउँदैनन्। अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्छन् र लत बस्छ ।

मोबाइलको लत लागेका बालबालिकामा निन्द्रा ढिलो लाग्ने, निन्द्रा पातलो हुने र निन्द्राबाट पटक पटक ब्युँझने समस्या देखिन सक्छ ।

आफ्नो सजिलो र छिटोक। लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाऔँ ।

मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो खानेकुरा, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन् जसका कारण पोषण सम्बन्धित समस्या, पाचन प्रणालीमा समस्या हुन सक्छ ।

खाना खुवाउँदा अभिभावकले बालबालिकासँग बोलेर, खेलेर, झुलाएर, गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिदैँ खुवाउनुपर्छ ।

मोबाइलमा लत लागेका बालबालिका एकहोरो हुने लक्षण देखिदैँ जान सक्छ। साथै रिसाउने, झर्किने, रूने, दोहोरो कुरा नगर्ने हुन सक्दछन्। यसले गर्दा बालबालिका ठुलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छन् ।

सुत्नु भन्दा अगाडी मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रीनबाट आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ ।

मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सरवाङ्गीण विकासमा नै असर पुर्‍याउँछ ।

प्रतिक्रिया