आर्मी र दिल्लीकाे बराबरी

नेपालखोज २०८० साउन २४ गते २१:४९

काठमाडाैं । भारतमा जारी दुरान्द कपको आफ्नो पहिलो खेलमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लब भारतको दिल्ली एफसीविरुद्ध १–१ को बराबरीमा रोकिएको छ । बुधबार भारतको कोलकातास्थित साई रंगशालामा सम्पन्न खेलमा १–० को अग्रता जोगाउन नसक्दा आर्मीले दिल्लीसँग अंक बाँडेको हो ।

दिल्लीको यो लगातार दोस्रो बराबरी हो । यसअघि पहिलो खेलमा आइएसएल टोली हैदरावाद र दिल्लीको खेल १-१ कै बराबरीमा सकिएको थियो । समूहमा अर्क खेल भोली चेन्नईयन र हैदरावाद बीच हुनेछ ।

आर्मीले अब दोस्रो खेलमा सोमबार चेन्नईयनसँग खेल्नेछ । अन्तिम खेल २२ अगस्टमा आइएसएल टोली हैदरावादसँग हुनेछ । हरेक समूहबाट समूह विजेताले नकआउट चरणमा स्थान बनाउनेछन् । ६ समूह मध्यबाट उत्कृष्ट दुई दोस्रो हुने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया