पाकिस्तानमा संसद् भंग

नेपालखोज २०८० साउन २५ गते ८:५०

इस्लामबाद । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा संसदको तल्लो सदन संसद् भंग गरेका छन् । यस संसद भंग भएसँगै मुलुकमा आमनिर्वाचन गर्ने बाटो खुलेको छ ।

यो निर्णय गए राति भएको हो । पीटीआई रिपोर्टका अनुसार तल्लो सदन विघटनका लागि जारी गरिएको अधिसूचनामा संविधानको धारा ५८ अन्तर्गत तल्लो सदन विघटन गरिएको हो ।

प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रपतिलाई पत्र लेखेर राष्ट्रिय सभा भंग गर्न सिफारिस गरेका थिए । 

प्रतिक्रिया