वैदेशिक रोजगार विभागको अनलाइन सेवा सुचारु

नेपालखोज २०८० साउन २५ गते १४:१२

काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन सेवा सुचारु भएको छ ।

विभागको एफइआइएमएस प्रणालीमा फाइल सर्भर माइग्रेटको काम सम्पन्न भएसँगै अब फाइलहरु अपलोड गर्न सकिने भएको विभागका सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।

साथै विभागले यस प्रणालीमा विगतमा आएको समस्याका कारण श्रम स्वीकृति दिने लाइन लामो रहेको भन्दै श्रम स्वीकृत नभएसम्म हवाई टिकट नलिन समेत श्रमिकसँग आग्रह गरेको छ । विभागको प्रणाली ३ दिन अवरुद्ध बनाएर सर्भर माइग्रेट गरिएको हो ।

प्रतिक्रिया