राष्ट्रिय टोलीका फुटबलर पुजन, निशान र रवि गए अस्ट्रेलिया

नेपालखोज २०८० साउन २५ गते १५:००

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका खेलाडी अस्ट्रेलिया जाने अझै रोकिएको छैन।

आफ्नो सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया जाने खेलाडीको सूचीमा बिहीबार पुजन उपरकोटी, निशान खड्का र रवि पासवान थपिएका छन्। 

तीनै खेलाडी राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी हुन्। तीनै जना अस्ट्रेलियाको स्थानीय टिमबाट खेल्न त्यसतर्फ गएका हुन्। 

यसअघि सोमबार फरवार्ड दीपक राज सिंह ठकुरी अस्ट्रेलिया गएका थिए। 

पछिल्लो केही वर्षमा नेपाली राष्ट्रिय टिमबाट खेलेका खेलाडी अस्ट्रेलिया पलायन हुने क्रम बढेको छ। दुई वर्षमा दुई दर्जन बढी राष्ट्रिय खेलाडी अस्ट्रेलिया गइसकेका छन्।

प्रतिक्रिया