वास्तु ज्ञान : भुलेर पनि पर्समा नराख्नुहोस् यी चिज

पर्समा केही चिज राख्नुहुँदैन अन्यथा आर्थिक संकट झेल्नु पर्छ भन्ने मान्यता बास्तुशाश्त्रको छ । भनिन्छ यसबाट माता लक्ष्मी पनि रिसाउनुहुन्छ ।
पैसाबाहेक पर्समा धेरै चीजहरू राखिन्छन् जसमध्ये धेरै कुरा लामो समयसम्म प्रयोग हुँदैनन् । वास्तुशास्त्र अनुसार यी मध्ये केही चीज पर्सबाट फाल्नु पर्छ किनभने यसबाट नेगेटिभ उर्जा प्रवाह हुन्छ ।
यसका साथसाथै पैसाको हिसाबले पनि घाटा बेहोर्नुपर्न सक्छ तर केहि यस्ता कुराहरु पनि छन् जसलाई पर्समा राख्दा शुभ फल मिल्छ । पर्स भित्र फाटेका नोट, फोटो वा बिग्रिएका कागजहरू राख्नु हुँदैन । यसले पर्समा पैसाको प्रवाह घटछ । पर्स जति सफा हुन्छ र त्यसभित्र राखिएका वस्तुहरू जति व्यवस्थित हुन्छ, त्यति राम्रो हुन्छ ।
आफ्नो पर्समा लक्ष्मी माताको कागजको फोटो राख्नुपर्छ । उक्त तस्बिर समय समयमा परिवर्तन गरिरहदा पर्स कहिल्यै खाली हुँदैन । यसका अतिरिक्त लक्ष्मीको स्वरूप श्रीयन्त्र पनि राख्न सक्नुहुन्छ।
माथि उल्लेखित जानकारि प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह / सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया