स्पेन पहिलोपटक फिफा महिला विश्वकपको सेमिफाइनलमा
नेपालखोज
२०८० साउन २६ गते ११:३०

एजेन्सी । फिफा महिला विश्वकप २०२३ शुक्रबार भएको पहिलो क्वार्टरफाइनलको खेलमा स्पेनले नेदरल्यान्ड्समाथि २-१ गोलको जित निकालेको छ । साविक उपविजेता नेदरल्यान्ड्सलाई पराजित गर्दै स्पेन सेमिफाइनलमा पुगेको छ ।
खेलको ८१ मिनेटमा स्पनेले ओलिभरको पेनाल्टी गोलबाट अग्रता लियो । तर नेदरल्यान्ड्सका लागि इन्जुरी टाइमको पहिलो मिनेटमा भान डेर बराबरी गोल फर्काइन् । त्यसपछि एक्स्ट्रा समयम धकेलिएको खेलमा स्पेनकी पारालुइलोले १११ मिनेटमा गोल गर्न सफल भइन् ।
१९ वर्षीया विंगर पारालुइलोले बेन्चबाट आएर विजयी गोल गरेपछि स्पेन पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुगको हो ।
२०१९ मा उपविजेता भएको नेदरल्यान्ड्सले फाइनलमा अमेरिकासँग पराजित भएको थियो । स्पेनले अन्तिम चारमा जापान वा स्विडेनसँग खेल्नेछ। जापान र स्विडेनबीचको खेल आजै हुँदैछ ।
सम्बन्धित








प्रतिक्रिया