जापानमाथि रोमाञ्चक जित हात पार्दै स्वीडेन सेमिफाइनलमा

नेपालखोज २०८० साउन २६ गते १५:३३

काठमाडाैं । उपाधि दावेदार जापानमाथि राेमाञ्चक जित हात पार्दै अर्काे उपाधि दावेदार स्वीडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको क्वाटरफाइनलमा जापानलाई २–१ ले पराजित गर्दै स्वीडेनले अन्तिम चारमा स्थान पक्का गरेको हो । स्वीडेनको जितमा एमान्डा र फिलिपा आंगेलदलले गोल गरिन् । जापानकी होनोका हायासीले एक गोल फर्काइन् ।

अब स्वीडेनले सेमिफाइनलमा स्पेनसँग खेल्नेछ । स्पेनले शुक्रबारै नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया