रंगीन स्वभावका क्यारेबियन क्रिकेटरहरु

नेपालखोज २०८० साउन २६ गते १७:१०

काठमाडाैं । नेपाली क्रिकेट भर्खर बामे सर्दैछ । नेपाली क्रिकेटरहरू बिस्तारै सार्वजनिक चर्चामा आउने क्रममा छन्। नेपाली क्रिकेटरहरूको फुर्सद वा छुट्टी आम नेपालीहरुको जस्तै परिवार वा साथिभाइहरु सँग बित्छ । नेपाली क्रीकेटमा भारतको जस्तो विलासी गाडी र बंगलो लिनसक्ने धन पनि छैन । उता क्यारेबियन संस्कृति अझ फरक छ। खुला आकाश, नीलो समुन्द्र अनि सुन्दर किनार, चम्किलो घाम र पबको डान्स फ्लोरमा स्विमसुट वा कान खाने सङ्गीत, हातमा मदिरा र फायर पार्टीहरूको बीचमा अचम्मको साँझ… वेस्ट इन्डिजको जीवन यस्तै छ र त्यसमै रमाउँछन त्यहाँका क्रिकेटरहरु ।

बार्बाडोस होस् वा पोर्ट अफ स्पेन वा जमैका क्यारेबियन क्रिकेटरहरुको साँझ निकै रंगीन हुन्छन् । क्यारेबियन क्रिकेटरहरू खुला मन भएका र सोचेभन्दा बढी रमाइला हुन्छन् ।

टीनो बेस्ट आफ्ना साथीहरूसँग

वेस्ट इन्डिजका पूर्व फास्ट बलर टिनो बेस्ट अक्सर हातमा वाइनको गिलास लिएर सुन्दर केटीहरूको बीचमा देखिन्छन्। टिनो बेस्टलाई वेस्ट इन्डिज क्रिकेटमा सबैभन्दा धेरै पार्टी गर्ने खेलाडी मानिन्छ । यति मात्र होइन उनले ६ सयभन्दा बढी युवतीसँग सम्बन्ध बनाएको आफ्नो एक अन्तर्वार्तामा बताएका थिए ।

कार्निवलमा ड्यारेन स्यामी

वेस्ट इन्डिजका पूर्व कप्तान ड्यारेन स्यामीले पनि धेरै पार्टी गर्ने गरेका छन् । स्यामी प्रायः क्लब र कार्निभलमा पार्टी गरिरहेका देखिन्छन । क्रिकेटबाट सन्यास लिएपछि पनि स्यामीले निकै रमाइलो गरिरहेका छन् ।

युबतिहरूबाट घेरिएका क्रिस गेल

युनिभर्स बोस भनेर चिनिने क्रिस गेल सुन्दर युबतिहरूसँग पार्टी गर्न मन पराउँछन्। उनि आफ्नो सामाजिक सञ्जालमा त्यसका तस्विरहरु सेयर गरिरहेका हुन्छन् । समुद्र तट होस् वा क्लब गेल जताततै युबतिहरू सँग रमाइलो गरिरहेका पाइन्छन ।

ड्वेन ब्राभोको सुन्दर शैली

ड्वेन ब्राभो वेस्ट इन्डिज क्रिकेटका पार्टी किरा मध्ये एक हुन । उनी डीजे पनि बजाउँछन् जसका कारण उनी बारम्बार पार्टीहरुमा देखिन्छन् । उनले आफ्नो क्रिकेट करियरमा धेरै पार्टी गरे भने सन्यास पछि पनि त्यसलाइ निरन्तरता दिइरहेका छन।

क्लबमा रमाउने किरोन पोलार्ड

किरोन पोलार्ड वेस्ट इन्डिज क्रिकेटका ड्यासिङ अलराउन्डर मध्येका एक हुन् । वेस्ट इन्डिज बाहेक उनले विश्वभर लिग क्रिकेट पनि खेलेका छन् । यस अवधिमा उनी धेरै पटक क्लबमा रमाइरहेको पाइन्छन् ।

प्रतिक्रिया