ह्यारी केन बायर्नमा अनुबन्ध
नेपालखोज
२०८० साउन २६ गते १७:३०

काठमाडाैं । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले इङ्लिस स्ट्राइकर ह्यारी केन अनुबन्ध गरेको छ ।
बायर्नले इङ्लिस क्लब टाेटनहमबाट केनलाई भित्र्याएकाे हाे । विभिन्न सञ्चार माध्यममा आएका खबर अनुसार बायर्नले केनका लागि १ सय २० मिलियन युराे खर्चिएको छ ।
सन् २०११ मा टोटनहमको सिनियर टोलीका लागि डेब्यू गरेका केनले क्लबका लागि सबै प्रतियोगितामा ४ सय ३५ खेल खेल्दा २ सय ८० गोल गरे । टोटनहमसँगको सम्झौता अझै एक वर्ष बाँकी रहे पनि केन बायर्न पुगेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया