कपन खहरे खोलामा चल्यो बालेनको डोजर
नेपालखोज
२०८० साउन २६ गते १७:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको छ । बुढानिलकण्ठ नगरपालिका- १० र काठमाडौं महानगरपालिका- ७ को सीमानामा पर्ने खहरे खोला खुल्ला गर्न सुरु गरेको हो ।
हिजो बिहानदेखि दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकेको थिएन । आज दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि डोजर चलाएको महानगर प्रहरीले बताएको छ ।
सम्बन्धित

प्रतिक्रिया