आइतबार, जेठ ५, २०८२

सिङ्गापुरमा लागुऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ

नेपालखोज २०८० साउन २७ गते १२:४२

सिङ्गापुर । सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ ।

हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती संदिग्धहरू पक्राउ परेका हुन् । ती ४९ संदिग्धहरू २१ देखि ४६ वर्ष उमेर समूहका छन् । जसमध्ये ३५ सिङ्गापुरीहरू रहेको बताइएको छ ।

कारबाहीका क्रममा ‘एक्स्टेसी’ र केटामाइन लगायतका नियन्त्रित लागुऔषध र लागुऔषध सामग्री बरामद गरिएको पनि बताइएको छ। यस बारे थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया