फ्रान्सलाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा

ब्रिसवन । फ्रान्सलाई सडन डेथमा पराजित गर्दै सह–आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
रोचक बनेको सडन डेथमा फ्रान्सलाई ७–६ को अन्तरले पराजित गर्दै सह–आयोजक अष्ट्रेलियाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
ब्रिसवन स्टेडियम ब्रिसवन अष्ट्रेलियामा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । टाइब्रेकरमा पनि नतिजा नआएपछि अष्ट्रेलियाले सडनडेथमा बाजी मार्यो ।
टाइब्रेकरमा घरेलु टोली अष्ट्रेलियाकी केइटलिन फुर्ड, सामान्थ खेर र मारी फोलेरले गोल गर्न सफल हुँदा स्टेफ क्याट्ले र म्याकेन्जी अर्नाेल्डले गोल गर्न सकिनन् । सडनडेथमा कटरिना गोरी, तमेका यालोप, एली कार्पेन्टर र कोर्टनी भिनले गोल गर्दा क्लेर हन्टले गोल गर्न सकिनन् ।
फ्रान्सकी सेल्मा बाचाले पहिलो पेनाल्टी चुकाउँदा कडिडियाटोउ, डिएनी, वेन्डी रेनार्ड र इगुइनी ले सोमेरले गोल गर्न सफल भइन् ।
इभ पेरिसेटले गोल गनए सकिनन् । सडनडेथमा ग्रेस जियोरो, सकिना कारचाओइ, मायर लाकररले गोल गर्न सफ हुँदा केन्जा डाली र भिकी बेचोले गोल गर्न सकिनन् ।

प्रतिक्रिया