द्वन्द्वपीडितलाई चित्त बुझाएर मात्र शान्तिप्रक्रिया : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई चित्त बुझाएरमात्र शान्तिप्रक्रिया पूरा गर्नुपर्ने बताएका छन् । गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्रले आज यहाँ आयोजना गरेको ‘द्वन्द्वपीडितलाई सङ्क्रमणकालीन न्याय कहिले र समृद्ध नेपाल सुखी नेपाली : देश विकासको मार्गचित्र’ विषयक अन्तरक्रियामा उहाँले द्वन्द्वपीडितलाई चित्त बुझेको कुरामा कानुन बनाएर शान्तिप्रक्रियालाई टुङ्ग्याउनुपर्नेमा जोड दिए । उनले द्वन्द्वपीडितलाई दबाएर शान्तिप्रक्रिया निष्कर्ष नपुग्ने बताए ।
उनले द्वन्द्वपीडितमाथि अन्याय गरेर समस्याको समाधान नहुने भन्दै दमन, अन्याय र थिचोमिचो गरेर शान्तिप्रक्रिया सम्पन्न हुन नसक्ने भनाइ राखे ।
अध्यक्ष ओलीले शान्ति भएमात्र विकास हुने भन्दै बिना शान्ति विकास सम्भव नुहने बताए । उनले विकासका लागि शान्ति पूर्वसर्त रहेको भन्दै शान्तिको तर्फ र द्वन्द्वका घाउ कसरी मेटाउन सकिन्छ भन्नेतर्फ सबैको प्रयास हुनुपर्नेमा बताए । rss

प्रतिक्रिया