वास्तु ज्ञान : बेडरुमबाट हटाउनुहोस् यी तिन चिज

नेपालखोज २०८० साउन २८ गते ५:५०

काठमाडाैं । सुत्ने कोठाको महत्व दम्पतीका लागि निकै विशेष हुन्छ । त्यसैले यहाँ कुनै पनि प्रकारको वास्तु दोषले पारिवारिक जीवन प्रभावित हुन्छ र दम्पती बिच आपसमा झगडा हुन्छ । त्यसैले सुत्ने कोठा वास्तु दोषबाट मुक्त हुनु आवश्यक छ । सुत्ने कोठामा केहि यस्ता कुराहरु हुन्छन् जसका कारणले वास्तु दोष उत्पन्न हुन्छ ।

सुत्ने कोठामा भगवान्को तस्बिर नराख्ने

सुत्ने कोठाले पति /पत्नी बीचको सम्बन्धलाई प्रतिनिधित्व गर्छ । ज्योतिषमा यो शुक्र ग्रह संग सम्बन्धित छ । त्यसैले जहाँ शुक्र ग्रह हुन्छ त्यहाँ देवता अर्थात् बृहस्पति ग्रहको उपस्थिति अशुभ मानिन्छ । बृहस्पतिलाई शुक्रको विरोध गर्ने देवताहरूको गुरु भनिन्छ, त्यसैले यी दुवैलाई एकसाथ राख्न सकिँदैन ।

इलेक्ट्रोनिक ग्याजेटहरू

ज्योतिषशास्त्रमा इलेक्ट्रोनिक ग्याजेटहरूमा राहु र शनिको प्रभाव रहेको मानिन्छ। सुत्ने कोठामा राख्नाले यी अशुभ ग्रहहरूको कारणले वैवाहिक जीवनमा अशुभ प्रभाव पर्छ । त्यसैले आफ्नो कोठामा कम्तीमा इलेक्ट्रोनिक ग्याजेटहरू राख्नु हुँदैन । यसले प्रेम सम्बन्धमा गडबडी ल्याउनेछ ।

यी तस्बिर पनि नराख्नु

कसै(कसैलाई शयनकक्षमा प्रेमको संकेतका रूपमा शोपीस वा ताजमहलको तस्बिर राख्नाले आपसी प्रेम सम्बन्धमा मिठास बढ्छ भन्ने लाग्छ तर यो गलत बुझाइ हो । वास्तवमा ताजमहल एउटा चिहान हो र आफ्नो कोठामा चिहानको तस्बिर राख्नु ठीक होइन। त्यसैले गल्तीले पनि आफ्नो कोठामा ताजमहललाई स्थान दिनुहुँदैन ।

विशेष जानकारी : यो लेखमा दिइएको जानकारी परम्परा , पुराना ग्रन्थ तथा मान्यतामा आधारित छ । हामी यो पूर्ण रूपमा सत्य र सही छ भनी दाबी गर्दैनौं। कुनै पनि उपाय अपनाउनु अघि, सम्बन्धित क्षेत्रका विशेषज्ञको सल्लाह लिनु उपयुुक्त हुन्छ ।

प्रतिक्रिया