चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसाे र राति भारीदेखि अति भारी पानी पर्ने

नेपालखोज २०८० साउन २८ गते ६:०९

काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । यसका साथै भारतको उत्तर पूर्वी उत्तर/प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको विभागले उल्लेअ गरेकाे छ ।

हाल देशभर सामान्यदेखि पुर्ण बदली रहेको रही कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर पूर्ण बदली रहने तथा देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । साथै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेश प्रदेशको एक/दुई स्थानहरुमा मेघ गर्जनरचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाएकाे छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । त्यस्तै विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको साथै सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया