‘अन्तिम सत्य सुनेर राजकुमारको आँखा खुल्यो’

यो प्राचीन कालको घटना हो। सम्राज्य गुप्तका पुत्र पुष्यमित्र अत्यन्त आकर्षक व्यक्तित्वका धनी थिए । उनलाई आफ्नो सुन्दरतामा धेरै गर्व थियो। एक पटक उनी मन्त्रीका छोरा सुयशसँग सहर घुम्न गएका थिए । उनिहरुले एक ठाउँमा दाहसंस्कार भैरहेको देखे । राजकुमार पुष्यमित्रले सोधे, ‘के हुँदैछ यो रु’ सुयशले भने, ‘यहाँ कुनै मृतकको दाहसंस्कार भैरहेको छ ।
राजकुमारले भने, ‘पक्कै पनि यो मान्छे कुरूप हुनुपर्छ।ु सुयशले जवाफ दिए, ‘होइन, मरेपछि हरेक मानिसको शरीर सड्न थाल्छ, त्यसैले जलाउनुपर्छ ।’ राजकुमार पुष्यमित्रलाई थाहा थिएन कि प्रत्येक व्यक्तिले एक दिन मृत्युको सामना गर्नुपर्छ । यो सत्यता बुझेर उसलाई लाग्न थाल्यो उनको सुन्दर शरीर पनि एक दिन नष्ट हुनेछ । उनलाई नराम्रो लाग्यो । उनले आफ्नो मनको पीडा राजगुरुलाई सुनाए । राजगुरुले राजकुमारलाई आफ्नो गुरुकहाँ लगे ।
राजकुमारको दुस्ख बुझेर उनले भने, ‘यो शरीरको अन्तिम नतिजाको चिन्तामा हुनुहुन्छ रु राजगुरुका गुरुले भने, ‘आज जुन भवन तिम्रो स्वामित्वमा छ, भोलि जीर्ण भै त्यो भवन भत्किएपछि अन्यत्र बस्नुपर्यो भने त्यसले तिमीलाई कस्तो असर गर्छ रु’ राजकुमारले जवाफ दिए, ‘विशेष असर पर्दैन । जीर्ण भएको कुरा त्याग्नु नै राम्रो हो।
उनले भने, ‘बस यहि नियम हाम्रो शरीरमा पनि लागू हुन्छ । यो शरीरमा वास गर्ने आत्माले शरीर क्षीण भएपछि यो शरीर छोडछ । यसका बारेमा चिन्ता गर्नुहुँदैन । अमर त हामीले गरेको राम्रो वा नराम्रो कर्मको फल मात्र हो ।’ गुरुको वचनले पुष्यमित्रको आँखा खोलिदियो ।

प्रतिक्रिया