सोमबार, असार ९, २०८२

‘सरकार परिवर्तनका विषयमा छलफल भएकाे छैन’

नेपालखोज २०८० साउन २८ गते १९:४२

काठमाडौं । नेपाली कांग्रेसले जारी पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनका विषयमा छलफल नगरेको प्रमुख सचेतक रमेश लेखकले बतमएका छन् । पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा कुनै छलफल नभएको उनको भनाइ छ ।

आइतबार दलको बैठकपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको जानकारी दिए । कांग्रेस संसदीय दलको बैठक भोलि पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरूले राखेको सुझावहरूलाई समेटेर महत्त्वपूर्ण प्रस्तावहरू पारित गरिने उनको भनाइ छ ।

गत शुक्रबार र आज बसेको कांग्रेस संसदीय दलको बैठकमा ५० जना सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया