नेपालखोजमा दिनभरकाे खबर सारांश !

नेपालखोज २०८० साउन २८ गते २२:१८

कामपाले खुलारूपमा दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्डविपरीत रहेको भन्दै उक्त कार्य तत्काल रोक्ने ।

नवलपुर (नवलपरासी, बर्दघाट सुस्तापूर्व), २८ साउन : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता तह पार गर्याे ।

अर्थमन्त्रीको प्रश्न- बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?

हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९३ जनाको मृत्यु भएको छभने केयौँ घाइते ।

कम्बोडियाको विद्यालयभित्र दुई हजारभन्दा बढी विष्फोटक पदार्थ फेला ।

अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाकाे अनुरोध ।

तीन सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसिसी एकदिवसीय एसिया कप खेल्न १७ सदस्य नेपाली टोली जाने भएका छन् । एसिया कपको लागि नेपालले अन्तिम टोली घोषणा गर्न बाँकी ।

नेपाल राष्ट्र बैंकले पुनः २४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीको लागि आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्ने ।

प्रतिक्रिया