पाकिस्तान र भारतको स्वतन्त्रता दिवसको अवसरमा

अगष्ट १४ को मध्यरातमा करिव ४०० वर्ष देखि भारतीय उपमहाद्वीपमा राज गर्दै आएको अंग्रेज सरकारले भारत छोड्न तैयार भएको थियो । यसरी भारतले स्वतन्त्रता हासिल गरेको थियो । मध्यरातमा नै भारतलाई स्वतन्त्रता दिनु पछाडि अंग्रेजहरुको केही कारणहरु पनि थिए । तर भारतीयले भने ज्योतिषहरुको सल्लाहले मध्यरात रोजेको वयान गरिरहे ।
अंग्रेजहरुले मध्यरातमा भारतलाई स्वतन्त्रता दिनुको एक कारण मध्यरातमा नै दिन परिवर्तन हुनु हो । दोश्रोे मध्यरातमा कुनै पनि राम्रो कामको शुरुवात हुने गर्दैन । अंग्रेज चाहदैनथ्यो कि स्वतन्त्रता भारतको लागि फलदायी बनोस । तसर्थ अंग्रेजले मध्यरातको समय रोजे । यो स्वतन्त्रता संगै अंग्रेजले भारतलाई बिभाजन गरेर पनि छोडे । बिचको भाग भारत बन्यो भने दायाँ र बायाँको भाग पाकिस्तानका रुपमा अलग्याइयो । पूर्वी पाकिस्तान र पश्चिम पाकिस्तानको बिचमा भारत रहेको थियो ।
मध्य रातमा दिएको स्वतन्त्रताका साथ भएको विभाजनले ठूलो पीडा दियो । पाकिस्तानी भूभागमा रहेका हिन्दूलाई भारत तर्फ आउन ब्यबधान गरियो । यात्रा गर्न चाहने लाखौको हत्या भयो । त्यस्तै हिन्दूहरुको भूभागमा रहेका मुस्लिमहरुका लागि पनि त्यस्तै समस्या भयो । विभाजनले जहाँ पाकिस्तान बन्यो त्यहाँ रहेका हिन्दूहरुका लागि बाँच्न कठिन भयो ।
हिन्दूहरुका घरहरु जलाइए । भागेर शरणार्थीका रुपमा सरकारले ब्यबस्था गरिदिएको रेलमा भारत तर्फ आउँदा रेलमा नै कैयौको हत्या गरियो । हजारौले यात्रा थालेको रेल रगत र लाशको साथ केही जीवित यात्रुका साथ अमृतसर आइपुग्दथे । यसरी नै भारतबाट पाकिस्तान तर्फ गएको रेल धेरै लाश र केही सास लिएर लाहौर पुग्दथ्यो ।
अगष्ट १५ कोे स्वतन्त्रताको केही महिनामा हिन्दू र मुस्लिमहरु गरेर करिव २० लाख जनताले अनाहकमा ज्यान गुमाउनु परेको थियो । अझ महिलाहरुको त सहज हत्या पनि हुदैनथ्यो । सामुहिक बलात्कार पछि हत्या गरिन्थ्यो । बालबालिकाहरुको उनिहरुकै बाबुआमाको सामु पहिले हत्या गरिन्थ्यो ।
तर भारत र पाकिस्तान स्वतन्त्र भए पछि देश चलाउने नेहरु र जिन्ना भने दुबै बेलायतमा कानुनको अध्ययन गरेका बेलायती लवजमा कुरा गर्ने तथा आफ्नो भाषा भन्दा बढी अंग्रेजी बोल्नेहरु थिए । भारतले नेहरुलाई महान बनाए, पाकिस्तानमा जिन्ना कायदे आलम बने । तर जनताको आँसुको मुल्य खासै बुझेनन् । कैयौ वर्ष सम्म पाकिस्तानमा रहेका हिन्दू र भारतमा रहेका मुस्लिमहरूले दुख पाए ।
दिल्लीमा अगष्ट १४ को मध्य रात स्वतन्त्रताको घोषणा गरिरहँदा कराचीमा १५ तारिख आउने १५ मिनेट बाकी नै थियो भने दिल्लीमा १५ तारिखले छोइसकेको थियो । यसैले भारतले अगष्ट १५ लाई स्वतन्त्रता दिवसका रुपमा मान्न थाल्यो तर पाकिस्तानले अगष्ट १४ तारिखलाई स्वतन्त्रता दिवसका रुपमा स्विकार गर्यो ।
भारतीय उपमहाद्वीपलाई स्वतन्त्र बनाउन खोज्ने गान्धी, नेहरू र जिन्ना तिनैजना वकिल थिए । नेहरू र जिन्नाले बेलायतमा वकिलको पढाइ तथा प्राक्टिस गरेका थिए भने गान्धीले दक्षिण अफ्रिकामा वकिलका रूपमा काम गरेका थिए । तर यि तीन वकिल मिलेर सिङ्गो भारतलाई स्वतन्त्र बनाउन सकेनन् ।
१९४७ मा दुइ भागमा विभाजन भएको यो भूभाग १९७१ मा बंगलादेशको जन्म पछि तीन देशमा विभाजन भयो । पूर्वी पाकिस्तानलाई बंगलादेश बनाउन मद्दत गरेको भारतलाई कतै काश्मिरलाई पाकिस्तानले स्वतन्त्र राष्ट् बनाइ दिने हो कि भन्ने डर भने अझै रहेको छ ।








प्रतिक्रिया