ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, ग्लोकल २०अन्डर२० को सूची सार्वजनिक

काडमाडौं । ग्लोकल टीन हिरो नेपालनवौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० घोषणा गरिएको छ । ग्लोकल टीन हिरो किशोरकिशोरीहरूलाई समर्पित एउटा अवार्ड कार्यक्रम हो ।
यो किशोरकिशोरीहरूलाई पहिचान गर्ने र उनीहरुको प्रभावकारी काम र युवा अग्रगामीहरूलाई प्रोत्साहन गर्ने एउटा पहल हो । समाजमा रहेका प्रतिभाशाली किशोर किशोरीहरूको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ ।
देशभरिबाट आएको छ सय ८१ आवेदनबाट मूल्याङ्कनको सम्पूर्ण प्रक्रिया मार्फत २०२३ को लागि उनीहरूले उपलब्ध गराएको जानकारी, प्रभावकारी कार्य विवरणहरू र अन्तर्वार्ताको आधारमा ग्लोकल २० अन्डर २० चयन गरिएको छ ।
२० अन्डर २० किशोरकिशोरीहरुले संगीतकार, विज्ञान उत्साही, सामाजिक उद्यमी, स्वास्थ्य कार्यकर्ता, विज्ञान उत्साही, बाल अधिकारकर्मी, लेखक जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन् ।
देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग बिभिन्न सँघसंस्थाहरु साझेदारका रुपमा जोडीएका छन् । ग्लोकल प्रा. लिले शीर्षक साझेदारको रूपमा गोल्छा गु्रप सँग साझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमा युएनएचसिआर, भारतीय दूतावास, बि पी कोइराला इंडिया– नेपाल फाउन्डेसन्, भारतीय दूतावास, संघीय गणतन्त्र जर्मनीको दूतावासस पार्ट्नरका रुपमा होन्डा, कोका कोला, नेपाल टेलिकम, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, द् ब्रिटिश कलेज, पंचकन्या गु्रप, डिशहोम गो, काठमाडौं वल्र्ड स्कूल र रियल् जुसस बैंकिङ साझेदारमा नबिल बैंकस आधिकारिक होटल साझेदारको रूपमा द् सोल्टी काठमाडौस इन्टरनेट साझेदारको रूपमा वोर्ल्डलिंकस आतिथ्य पार्टनरमा सिद्धार्थ बिजनेश गु्रप अफ हसपीट्यालीटी र कोजी होमस एयरलाइन्स पार्टनरको रूपमा नेपाल एयरलाइन्स, क्याथे प्यासिफिक एयरवेज र एति एयरलाइन्सस शिक्षा पार्ट्नरमा किङ्स कलेजस पी आर साझेदारमा प्रिस्मा एडभरटाईजिंगस चिकित्सा पार्ट्नरमा डाक्टर अन कलस समर्थकमा भ्यू योर् चोइस रहेका छन् ।
साथै उत्कृष्ट ६ को घोषणा अगस्ट २१ तारिकमा हुने छ । चयन भएका युवाहरुको सम्मानग्लोकल टिन हिरो २०२३को सेप्टेम्बर १, २०२३ मा हुने अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने छ ।
यस वर्षका उत्कृष्ट किशोर किशोरीको सुची यस प्रकार रहेको छ –
- आर्यन सिग्देल, १७, शिक्षक र अभियन्ता
- अतिथ अधिकारी, १७, सामाजिक उद्यमी
- अविनाश कुमार पासवान, १७, संगीतकार
- दिक्षा भारती, १८, स्वास्थ्य अभियन्ता
- दिवश सर्राफ, १७, सामाजिक अभियन्ता
- माधव खनाल, १८, लेखक
- निराजन रिमाल, १८, विज्ञान उत्साही
- प्रकाश बडु, १५, बाल अधिकारकर्मी
- प्रकाश पन्त, १७, गणित उत्साही
- प्रीति पन्थ, १८, सामाजिक अभियन्ता
- रौशन पंडित, १७, प्राविधिक उत्साही
- रिशम कुमार साह, १८, वातावरण अभियन्ता
- सदीक्षा घिमिरे, १८, स्वास्थ्य अभियन्ता
- सागर बुढा, १७, वातावरण अभियन्ता
- सागर गुप्ता, १७, एआई वैज्ञानिक-अनुसन्धानकर्ता
- समिप पौडेल, १६, प्राविधिक उत्साही
- श्रुति तिवारी, १८, वातावरण अभियन्ता
- शुभम उप्रेति, १७, कलाकार
- सुमित्रा आचार्य, १७, अभियन्ता
- सुशन श्रेष्ठ, १७, अभियन्ता
प्रतिक्रिया