सोमबार, असार ९, २०८२

कांग्रेसद्वारा मुगुमा भएको जीप दुर्घटनाप्रति दु:ख व्यक्त

नेपालखोज २०८० साउन ३० गते २०:२६

काठमाडौं । नेपाली कांग्रेसले मुगुको सोरूकोटबाट गमगढीतर्फ जाँदै गरेको ज१च ७७७२ नंको जीप सोरु गाउँपालिका–७ मा आइतबार दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको र चार जना सख्त घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेसले आज विज्ञप्तिमार्फत सो घटनाका मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

साथै, कांग्रेसले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको उचित उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । rss

प्रतिक्रिया