काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले, पारस पनि सदस्यीय कार्यसमितिमा
नेपालखोज
२०८० साउन ३० गते २१:११

काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले निर्विरोध निर्वाचित भएका छन् । घलेको नेतृत्वमा पूर्व कप्तान पारस खड्कालाई १५ सदस्यीय कार्यसमितिमा समेट्दै निर्विरोध निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा अजयवीर पाण्डे, सचिवमा किरण राणा, कोषाध्यक्षमा विनित ध्वज चन्द चुनिए ।
यस्तै, सदस्यहरूमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँगै अमृता पौडेल, वसन्तराज सत्याल, विजयकुमार शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, साश्वत शर्मा, हिमालराज गिरी, धिरेन्द्रलाल श्रेष्ठ र ज्योति गुरुङ चुनिए ।
निर्वाचित भएपछि अध्यक्ष घलेले नेपाली क्रिकेटको विकासका लागि पारस खड्कासहित आफूहरुसँगै अघि बढेको बताउँदै सबैलाई मिलाएर अगाडी जाने बताए ।
सम्बन्धित

प्रतिक्रिया