रिस उठ्दा रोइन्छ भने…

रिस उठ्दा वा बढि हास्दा हाम्रो आँखाबाट आँसु आउँछ । यस्तो धेरै मानिसलाई हुन्छ । धेरै मानिसहरु बढी रिसाउँदा पनि रुन थाल्छन् । यस्तो अवस्थामा स्वाभाविक रूपमा रुन आउँछ । यद्यपि रिसको समयमा रोएर हामी आफैंसँग निराश हुन्छौं र आफ्नो रिसलाई ठीकसँग व्यक्त गर्न सक्दैनौं । यसको पछाडिको कारण धेरैलाई थाहा छैन । यदि तपाईं पनि रिसको समयमा रुनुहुन्छ भने यसको पछाडि केही कारण हुन सक्छन् ।
रिसाएको बेला किन रुन आउँछ ?
रिसको समयमा आँसु आउनुका धेरै कारण हुन सक्छन् । रिसाएको बेला आँसु आउनुको अर्थ दुख, लाज, धोखा वा अन्याय भएको महसुस गर्नु हो । यसका साथसाथै धेरै मानिसको स्वभाव संवेदनशील हुने भएकाले उनीहरुलाई रुन मन लाग्छ । धेरै तनावका कारण रिससँगै भावुक हुनु स्वभाविक हो । तनाव चरम स्तरमा हुँदा पनि रुन मन लाग्छ ।
अनुसन्धानबाट के पत्ता लागेको छ भने रोए रिस शान्त हुन्छ र हामीलाई राम्रो महसुस हुन्छ । जब हामी रुन्छौं तब हाम्रो मस्तिष्कमा अक्सिटोसिन र प्रोल्याक्टिन नामक दुई रसायनहरू निस्किन्छन् जसले तनावलाई कम गर्छ र मुटुको गति बिस्तारै सामान्य हुन्छ । त्यसैले हामि धेरै तनावमा वा रिसाएका बेला रुन्छौं किनभने हाम्रो शरीरले हामिलाई शान्त पार्ने प्रयास गर्छ । यद्यपि रिसको समयमा रुँदा हामिलाई लज्जित वा आत्मविश्वास गुमेको महसुस हुन्छ ।
रिसाएको बेला कसरी नियन्त्रण गर्ने ?
– आत्म/जागरूकता (सेल्फ अवेयरनेस) महत्त्वपूर्ण छ :
आफ्नो ट्रिगरहरू पहिचान गर्नु सबैभन्दा महत्त्वपूर्ण छ । आफ्नो वरपर हुने परिस्थिति, व्यक्ति तथा विचारका कारण हामीमा बलियो इमोशन्स उत्पन्न हुन्छन् । यस कारण हामी रिसाउँछौं र रुन्छौं । त्यसैले आफ्नो ट्रिगरहरू पहिचान गर्ने प्रयास गरी तिनबाट टाढा रहने प्रयास गर्नुपर्छ ।
गहिरो सास लिएर आराम गर्ने :
यद्यपि यो तार्किक लाग्दैन तर मनोविज्ञानका अनुसार यसो गर्दा धेरै आराम महसुस हुन्छ र आफ्ना भावनाहरू आफ्नो मस्तिष्कमा हावी हुन पाउँदैनन् । यसो गर्नाले रुने प्रक्रियामा पनि नियन्त्रण गर्न सकिन्छ ।

प्रतिक्रिया