आइतबार, जेठ ५, २०८२

६० किलो सुन प्रकरण : चार चिनियाँ नागरिक पक्राउ

नेपालखोज २०८० साउन ३१ गते १७:०५

काठमाडौं । ६० किलो सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतका अनुसार, पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् । मंगलबार राति राजधानीका विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् ।

सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि उनीहरुलाई राजस्व छली तथा संगठित अपराधको कसूरमा अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत, काठमाडौं लगिएको कठायतले बताए ।

प्रतिक्रिया