नेपालखोजमा दिनभरकाे खबर सारांश !
सीआईबीको हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश, अन्य ५ दिन थप हिरासतमा राख्न अनुमति ।
मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले रूपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ।
कोभिड कहरका बेला कोशी प्रदेशका प्रादेशिक र जिल्ला अस्पतालमा जडान गरिएका आइसियू कक्ष, अक्सिजन प्लान्ट र प्रदेश सरकारको सहयोगमा खरिद गरिएका भेन्टिलेटरलगायतका उपकरण जनशक्ति अभावले थन्किए ।
सह–आयोजक अष्ट्रेलियामाथि सहज जित दर्ता गर्दै इंग्ल्यान्ड पहिलोपल्ट फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश ।
६० किलो सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जना चिनियाँ नागरिकलाई पक्राउ ।
हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छभने केयौँ घाइते ।
पछिल्लो तीन वर्षमा ( २०७७/७९ देखि २०७९/८० ) मात्र नेपालले ६ अर्ब ५१ करोड ३५ लाख ८१ हजार रुपैयाँको खानेकुरा पकाउन प्रयोग हुने विभिन्न विद्युतीय सामग्री आयात ।
आई फ्लू हुँदा के गर्ने ?
क्वालिटी लाइफ इन्डेक्स : कुन देशमा जीवनयापन सहज ?
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुने ।

प्रतिक्रिया