सबै प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसाे र राति तीनवटामा भारी वर्षा

काठमाडाैं । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर ( नेपाल नजिक) रहेको छ ।
हाल गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको छ भने गण्डकी प्रदेशको धेरै स्थानहरुमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू-भागको केहि स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति देशभर आँशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया