सोमबार, वैशाख १५, २०८२

आठ अंकले बढ्दा एक अर्ब ५४ करोडको सेयर किनबेच

नेपालखोज २०८० साउन ३२ गते १५:२६

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । यसअघि लगातार घट्दै आएको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार भने आठ दशमलव शुन्य एक अंकले बढेर दुई हजार ३३ दशमलव १३ अंकमा चढेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य आठ अंकले बढेर तीन सय ८७ दशमलव ३८ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ७१ वटा कम्पनीहरुको ४३ हजार पाँच सय ९१ पटकको कारोबारमा ४० लाख नौं हजार दुई सय ६३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ५४ करोड १३ लाख ६७ हजार तीन सय ९८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य चार अंकले घटेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव १८ अंकले बढेर १२ सय ७४ दशमलव १० अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पनि १३ दशमलव २६ अंकले बढेर तीन हजार आठ सय पाँच दशमलव १२ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि १३ दशमलव ५६ अंकले बढेर १७ सय २६ दशमलव शुुन्य नौं अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि आठ दशमलव १६ अंकले बढेर २१ सय ३४ दशमलव ९७ अंकमा पुगेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ९० दशमलव १८ अंकले बढेर ११ हजार एक सय ७५ दशमलव ११ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५९ दशमलव ५३ अंकले बढेर १० हजार आठ सय ४३ दशमलव शुन्य तीन अंकमा चढेको छ ।

यि बाहेक आज होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय १२ दशमलव ४६, शुन्य दशमलव १५, दुई दशमलव ४२, १० दशमलव ४८, शुन्य दशमलव २५ र ७१ दशमलव ४९ अंकले बढेका छन् ।

नेप्सेमा आज सिद्धार्थ लगानी बृद्धि योजना २ को प्रतियुनिट सेयर मुल्य १० प्रतिशतले बढेर नौं रुपैंयाँ ३५ पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार हुँदा लक्ष्मी इक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य सात दशमलव ४३ प्रतिशतले घटेर आठ रुपैंयाँ ३५ पैसामा कारोबार भएको छ ।

यसैगरी सोल्टी होटल लिमिटेडको भने आज चार सय ६२ रुपैंयाँ अन्तिम मुल्यमा १३ करोड ६७ लाख ३६ हजार तीन सय ३६ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया